Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनसरीमा एक जनाको हत्या, शंकास्पद तीन जना पक्राउ

सोमबार, भदौ ३, २०८१

काठमाडौँ- सुनसरीको गढी गाउँपालिका-२ मा एक जनाको हत्या भएको छ । गढी गाउँपालिका-६ का ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेवको हत्या भएको हो ।

उनको शव थलाहा टोलमा टाउको अलग भएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । उनले सिमेन्ट, बालुवाको रिङ बनाउने काम गर्दै आएका थिए ।

हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्