Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहुलियत कर्जा : शैक्षिक प्रमाणपत्र धिताे राखेर ऋण लिएकाबाट २ कराेड ९५ लाख रुपैयाँ उठेन

सोमबार, भदौ ३, २०८१

काठमाण्डाै – बैंक तथा वित्तीय संस्थाले सहुलियत ब्याजदरमा दिएको एक खर्ब २६ अर्ब रुपैयाँभन्दा धेरै कर्जा बक्यौता बाँकी रहेको छ ।

नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत एक लाख २० हजार दुई सय ७४ जना ऋणीलाई प्रवाह भएको सहुलियतपूर्ण कर्जामध्ये गएको असार मसान्तसम्म एक खर्ब २६ अर्ब ८२ करोड रुपैयाँ कर्जा बक्यौता बाँकी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ४६ हजार तीन सय ५६ जना ऋणीलाई प्रवाह भएको ८६ अर्ब ९० करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

राष्ट्र बैंकका अनुसार महिला उद्यमशील कर्जाअन्तर्गत ७१ हजार आठ सय ८३ जना महिला उद्यमीलाई प्रवाह भएको ३८ अर्ब २९ करोड रुपैयाँ कर्जा रहेको छ । यस्तै शिक्षित युवा स्वरोजगारअन्तर्गत प्रमाणपत्र धितो राखेर पाइने कर्जा एक सय ४० जनाले लिएकोमा दुई करोड ९५ लाख रुपैयाँ बक्यौता बाँकी छ ।

यस्तै विदेशबाट फर्केर उद्यम गर्न सात सय ७९ जनाले लगेको २४ करोड ६४ लाख, दलित समुदाय उद्यम विकासअन्तर्गत आठ सय २४ जनाले लगेको २८ करोड २४ लाख, प्राविधिक शिक्षा पढ्न ९८ जनाले लिएको २३ लाख, भूकम्पबाट भत्किएका घर पुनर्निर्माणका लागि एक सय चार जनाले लिएको ५७ लाख, एक सय वटा कपडा उद्योगीले लगेको एक अर्ब तीन करोड, सीटीईभीटीबाट तालिम लिएका दुई जनाले लिएको एक लाख र युवा स्वरोजगार उद्यमअन्तर्गत २८ जनाले लिएको ५३ लाख रुपैयाँ कर्जा बक्यौता बाँकी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सरकारको नीतिअनुसार नेपाल राष्ट्र बैंकले २०७५ सालमा सहुलियतपूर्ण ब्याजमा विभिन्न १० प्रकारका कर्जा दिनुपर्ने गरी कार्यविधि बनाएको थियो । यसरी दिइने सहुलियतपूर्ण कर्जामा बैंक तथा वित्तीय संस्थाले आफ्नो आधारदरमा दुई प्रतिशतभन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नुपर्ने तथा ब्याज, सूचना शुल्क, बीमा प्रिमियम र कर्जा सुरक्षण शुल्कबाहेक अरू शुल्क लिन नपाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्