Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाले तय गर्‍यो केन्द्रीय समिति बैठकका सात एजेण्डा

सोमबार, भदौ ३, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकका सात एजेण्डा तय भएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकका लागि रास्वपाले सात एजेण्डा तय गरेको हो ।  

बैठकमा राष्ट्रिय भेला, कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको उपस्थितिमा कार्यक्रम गर्नेबारे छलफल हुने रास्वपाले जनाएको छ ।


यस्तै संगठन निर्माण सम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि, स्थानीय तह उपनिर्वाचन,  संविधान दिवस र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  २१:२१
प्रतिक्रिया दिनुहोस्