Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

मंगलबार, भदौ ४, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक बुधबार बिहान ८ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

बैठकमा राष्ट्रिय भेलाका साथै कर्णाली विशेष अभियान तथा संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि, स्थानीय तह उपनिर्वाचन, संविधान दिवसको कार्यक्रमका बारेमा छलफल हुने एजेण्डा रहेको छ ।


 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार