Nic Ad Nic Ad
Nic Ad Nic Ad

रूपन्देहीमा तीन सवारीसाधन ठोक्किँदा एक जनाको मृत्यु

मंगलबार, भदौ ४, २०८१

काठमाडौं - रुपन्देहीको बेलबासमा एकैपटक तीनवटा सवारी साधन ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका साढे आड बजेतिर दुर्घटना हुँदा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका ११ देवीनगर बस्दै आएका २७ वर्षीया सुष्मा श्रेष्ठको मृत्यु भएको हो । लु ८७ प ४५७३ नम्बरको स्कुटर चलाएर मुर्गियाबाट बुटवलतर्फ आउँदै गरेका सुष्मालाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो ।

त्यसपछि अनियन्त्रित भएको स्कुटर लु१च ६७८३ नम्बरको बोलेरो जिपमा ठोक्किएको थियो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिए पनि मोटरसाइकल चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्