Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाँचवटा संसदीय समितिको बैठक बुधबार बस्दै

मंगलबार, भदौ ४, २०८१

काठमाडौँ- बुधबार पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्न लागेको हो ।

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे नै बस्दै छ ।


बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची छ । त्यस्तै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक दिउँसो साढे १ बजे बस्दैछ ।

बैठकमा समितिको कार्यविधि, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूका सम्बन्धमा छलफल हुने कार्यसूची छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बस्ने कार्यसूची छ ।

बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य शर्त रहेको ‘सुशासन’ र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गरिनेछ ।

बिहान साढे ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा उत्तरविधायिकी परीक्षण सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १०:२४
प्रतिक्रिया दिनुहोस्