Nic Ad Nic Ad
Nic Ad Nic Ad

टिकटक खुला गर्दै सरकार, प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषदमा किन लगिँदैछ?

मंगलबार, भदौ ४, २०८१

काठमाडौं– सामाजिक सञ्जालको लोकप्रिय एप टिकटकमाथि पुष्पकमल दाहाल प्रचण्ड सरकारले लगाएको प्रतिबन्ध हटाउन लागिएको छ। 

सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले यससम्बन्धि प्रस्ताव मन्त्रिपरिषदमा लग्ने निधो गरेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली पनि सकारात्मक रहेको उच्च स्रोतले जनाएको छ। 

टिकटकले नेपालको नीति–नियम सबै पालना गर्ने प्रतिवद्धतासहित पत्राचार गरेपछि सरकारले प्रतिबन्ध फुकुवा गर्न लागेको हो। 

टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले पठाएको पत्रमा सरकार सकारात्मक भएको हो। यसअघि नेपालमा टिकटक प्रतिबन्ध हुँदा त्यस कम्पनीका उच्च ओहदाका कर्मचारी डेलिगेशनका लागि आउने क्रम जारी थियो भने बारम्बार पत्राचार समेत भइरहेको थियो। 

नेपाल सरकारको ऐन–कानूनहरु पालना गर्ने शर्तमा टिकटक खुलाउन तयार रहेको जवाफी पत्र पनि मन्त्रालयले पठाइसकेको छ। अब बस्ने मन्त्रिपरिषदको बैठकले यससम्बन्धी निर्णय गर्नेछ। 

सरकारले २०८० साल कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय मन्त्रिपरिषद्बाट गरिएको थियो। त्यहि बेला माओवादीकी स्थानीय नेत्री शान्ति बरालले टिकटक लाइभमा अनैतिक दृश्य देखाएको खबर पनि संयोगबस भाइरल भएको थियो।
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्