Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारत पुगेपछि देखियो आरजु राणाको राजनीतिक–कुटनीतिक शक्ति

मंगलबार, भदौ ४, २०८१

काठमाडौं– नेपाली राजनीतिमा अक्सर आलोचनाको पात्र बन्ने गरेकी परराष्ट्रमन्त्री आरजु राणाको राजनीतिक–कुटनीतिक शक्तिको नयाँ मापन भएको छ।

परिवारका सदस्यहरूलाई च्यापेर भारत भ्रमणमा निस्किएकी उनको आलोचना थपिए भने त्यहाँ देखिएको राजनीतिक शक्तिका हिसाबमा राणाको कुटनीतिक ताकतलाई नयाँ शिराबाट विश्लेषण र टिप्पणी गर्न थालिएको हो। 

समकक्षी भारतीय विदेशमन्त्री एस जयशंकरको निम्तो पाएपछि राणा औपचारिक भ्रमणमा आइतबार नयाँ दिल्ली पुगेकी थिइन्। भारतीय विदेश सचिव बिक्रम मिस्रीको नेपाल दौड सकिनासाथ राणाको भ्रमणलाई अनेक कोणबाट व्याख्या गरिएको थियो। 

तर उनी नयाँ दिल्ली उत्रिनासाथ स्वागतमा नेपाल मामिला हेर्ने डेस्कका प्रमुख नवीन श्रीवास्तव विमानस्थलमा आएका थिए। यसबाहेक उनको सुरक्षाका निम्ति भारत सरकारले कमान्डोसहित बुलेटप्रुफ गाडी उपलब्ध गराएको थियो, सम्भवतः नेपालको परराष्ट्रमन्त्रीलाई यत्तिको महत्व यसअघि दिइएको थिएन। 

Meeting_i3s51pcgqY-1724136715.jpg
 

राणाले समकक्षी एस जयशंकरसँग दुई पक्षीय भेट र कुराकानी गरिन् भने सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गरेकी छन्। उनले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको औपचारिक निम्तोपत्र पनि बुझाएकी छन्। 

राणाको नयाँ दिल्लीका भेटहरू प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको पूर्वतयारीका रुपमा पनि बुझिएको छ।

राणा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी भएका कारण नै शक्ति केन्द्रमा रहीरहेको भन्ने आलोचना खेप्न बाध्य थिइन्। तर यो आलोचना चिर्दै भारतीय पक्षले दिएको महत्वले उनको राजनीतिक–कुटनीतिक शक्तिको अर्थ पुष्टि गरेको छ।

राणा नेपाली सत्ता राजनीतिकी एक ‘की पर्सनालिटी’का रुपमा परोक्ष हिसाबले चर्चामा रहने गरेकी थिइन्। यसको प्रमाणचाहिँ तत्कालिन समयमा माओवादीसँगको गठबन्धन हुँदा अध्यक्ष प्रचण्डसँग नयाँ दिल्लीस्थित राजदूतावासमा भएको भेट पनि थियो। त्यस भेटको चर्चा र आलोचना भएको थियो। सोही भेटपछि नै नेपालमा तत्कालिन अवस्थामा ओलीले प्रधानमन्त्री पद त्याग गर्नु परेको थियो।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्