Nic Ad Nic Ad
Nic Ad Nic Ad

मलाई सुझाव र आइडिया दिनुस् : उपप्रधानमन्त्री सिंह

मंगलबार, भदौ ४, २०८१

काठमाडौँ- उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न आह्वान गरेका छन् । केही नयाँ गर्ने भनेरै सरकारमा गएको भन्दै उनले रचनात्मक आइडियासहितको सुझावको अपेक्षा गरेको बताए ।

जनताले चुनेका व्यक्ति नै राज्य सञ्चालनको तहमा पुगेको भन्दै उनले भने, ‘राम्रा विचारहरू, आइडियाहरू, नदीनालाहरूको सुधार गर्नेदेखि लिएर, काठमाडौँ उपत्यकाको प्रदूषित वातावरण सुधार के गर्दाखेरि हुन्छ भन्ने कुरामा कुनै त्यस्तो सुझाव छ भने दिनुहोला ।’ उनले सुझावका लागि घरमै वा सम्पर्क कार्यालयमै आउनसमेत आग्रह गरे ।

संविधानमा उल्लिखित अधिकारहरू जनताले महसुस हुने गरी कार्यान्वयनमा लैजानुपर्ने जरुरी रहेको भन्दै उनले त्यसका लागि सरकार क्रियाशील रहेको बताए । उनले भने, ‘अधिकार खाली संविधानमा भएर भएन, त्यसलाई कार्यान्वयन गराउनुपर्छ । त्यो स्टेजमा अहिले हामी छौँ ।’

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १२:४५
प्रतिक्रिया दिनुहोस्