Nic Ad Nic Ad
Nic Ad Nic Ad

थप ३ जनामा हैजा पुष्टि, संक्रमितको संख्या ५८ पुग्यो

मंगलबार, भदौ ४, २०८१

काठमाडौं– काठमाडौंमा थप ३ जनामा हैजा पुष्टि भएको छ ।  यो सँगै देशभर हैजा संक्रमितको संख्या ५८ पुगेको स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडीसिडी)ले दिएको जानकारी दिएको छ ।

सबैभन्दा धेरै ललितपुरमा ४१ जनामा हैजा देखिएको छ । काठमाडौंमा ७,  कैलालीमा ८ र प्यूठानमा २ जनामा हैजा पुष्टि भएको छ ।

हैजा पुष्टि भएका ५६ जना निको भइसकेको र अहिले २ जना अस्पतालमा उपचाररत रहेको (इडीसिडी)ले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्