नेभिगेशन
मनोरञ्जन

अभिनेत्री अरुणिमा लम्सालको दोस्रो बिहे, रक्षा बन्धनका दिन कांग्रेस नगर उपसभापतिले भित्राए पत्नी

काठमाडौं– फिल्म क्षेत्रलाई त्यागी अमेरिकामा बस्दै आएकी अभिनेत्री अरुणिमा लम्सालले दोस्रो बिहे गरेकी छन्।

रक्षा बन्धनको मौका पारी लम्सालले कांग्रेसका स्थानीय नेता युवराज श्रेष्ठसँग विवाह गरेकी हुन्। सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा यी दुईले लगनगाँठो कसे। श्रेष्ठ कांग्रेस सुनसरी बराहक्षेत्र नगर समितिका उपसभापति हुन्। 

आफन्त र परिवारको उपस्थितिमा उनीहरुले मन्दिरमा विवाह गरेको जनाइएको छ। यी दुई जनाले अदालती बिहे गरेपछि धार्मिक परम्पराअनुसार पनि विधि अपनाएका हुन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन