Nic Ad Nic Ad
Nic Ad Nic Ad

३२४ वर्ष पुरानो ‘ग्वलःदे फल्चा’ र ध्वाखा छें पुनर्निर्माण

मंगलबार, भदौ ४, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिका– ८ जयबागेश्वरी नवालीटोलमा रहेको ३२४ वर्ष पुरानो ग्वलःदे फल्चा र भूकम्पले क्षति पुर्‍याएको ध्वाखा छें (नरसिंह पाटी) पुनर्निर्माण गरी उद्घाटन गरिएको छ।

मंगलबार एक समारोहबीच काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं ८ नम्बर वडाका अध्यक्ष आशामान संगतले दुईवटा फल्चाको उद्घाटन गरेका हुन्।

फल्चाको शिलापत्र अनावरणसहित रिबन काट्दै वडाध्यक्ष आशामान संगतले ३२४ वर्ष पुरानो फल्चा र भूकम्पले भत्काएर भग्नावशेष मात्र बाँकी रहेको ध्वाखा छें पाटी उद्घाटन गरिएको बताए। उनका अनुसार ध्वाखा छेंको लागत ३४ लाख तथा ‘ग्वलः दे फल्चा’को लागत १५ लाख रहेको छ। 

वडा नम्बर ८ मा रहेको ३२४ वर्ष पुरानो नेपाल संवत् ८२० मा निर्माण भएको फल्चाको पुनर्निर्माण नेपाल संवत ८७३ मा भएको शिलापत्रमा उल्लेख रहेको उनले बताए। स्थानीयहरूका अनुसार उक्त फल्चा ९० सालको भूकम्पभन्दा अगाडिसम्म रहेको संगतले बताए।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्