Nic Ad Nic Ad
Nic Ad Nic Ad

हाम्रै नेपालमाः किशोरसित ‘म्याडम’ले रात काटेपछि के–के भएछ!

मंगलबार, भदौ ४, २०८१

काठमाडौं– कालीमाटीस्थित प्रहरीको महिला सेलमा अनेक प्रकारका उजुरी आउँछन्। त्यसको छानबिन गर्दै जाँदा घटना अपत्यारिलो अनि बजारमा भेटिने पुराना ‘सत्य कथा’का किताबका जस्ता हुन्छन्। 

विश्वका विभिन्न मुलुकमा हुने घटना नेपालमा कम हुन्छन् र? महिला सेलमा एउटा उजुरी पुगेपछि भएको अनुसन्धानले आश्चर्य लाग्दो तथ्य फेला पारेको थियो। 

शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् म्याडम। अर्ध बैंसे उमेरमा अविवाहित ति म्याडमसँग ट्युशन पढ्थे १० कक्षामा पढ्ने रुपक (नाम परिवर्तन)। 

३४ वर्षीया म्याडम रुपकसँग निक्कै ख्यालठट्टा गर्थिन्। चल्ने, जिस्किने उनको बानी थियो। यहि क्रममा दुवै जना नजिकिए। 

यति मात्र कहाँ हो र माया प्रेमका कुरा हुन सुरु भए। महिला सेलकी एक प्रहरी अधिकारी भन्छिन्,‘एक दिन म्याडमले रुपकलाई आफ्नै कोठामा बस्न भनेछिन्। उनीहरूबीच शारीरिक सम्पर्क पनि भएछ। उनीहरू ल्यापटप र मोबाइलमा अश्लील भिडियोसमेत हेर्ने गरेको सोधपुछका क्रममा खुलेको छ। रुपक १२ कक्षासम्म पढ्दा यो शिलशिला जारी राखिएछ।’

उच्च माध्यमिक शिक्षा सकेपछि रुपमा इन्जिनियरिङ कलेज थापाथलीमा भर्ना भएछन्। म्याडमको पनि ललितपुरमा सरुवा भएछ। 

‘दुवैबीच बिहे गर्ने सल्लाहसमेत भएको रहेछ’, प्रहरी स्रोतले भन्यो,‘तर म्याडमले अन्तै बिहे गरेपछि यो विषयको खुलासा प्रहरीसम्म आएपछि भयो।’
ति म्याडमका पतिले दुवैबीचको सम्बन्धबारे जानकारी पाएपछि प्रहरीमा उजुरी गरेका थिए। 

‘विवाह गर्ने आशा देखाएर अर्कै केटासँग भागी भन्दै म्याडममाथि रुपक खनिए। उनले कलेजमा १२ लाख रुपैयाँ तिर्नुपर्छ भन्दै महिला सेलमै बार्गेनिङ पनि गरे’, प्रहरी स्रोतले भन्यो। 

दुवैलाई कागज गरी प्रहरीले छाडेको थियो। 

‘पुरुषले महिलालाई उपयोग गरेको मात्र होइन, महिलाले पनि किशोरलाई प्रयोग गरेका यस्ता घटना धेरै आउँछन्’, प्रहरी अधिकारी भन्छन्,‘किशोर नाबालिग भएको उजुरी या बलात्कारका घटनाचाहिँ दर्ता भएको पाइन्न।’

धेरै नभए पनि विस्तारै विस्तारै समाजमा हुने यस प्रकारका घटना प्रहरीको जानकारीमा उजुरीका रुपमा आउन थालेका छन्।
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्