Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘ग्वलः दे’ र ‘ध्वाखा छेँ’ फल्चाको निर्माण सम्पन्न (फोटो फिचर)

मंगलबार, भदौ ४, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नं. ८ का दुई वटा फल्चाको पुनःनिर्माण सकिएको छ । नवाली टोलमा रहेका ‘ग्वलः दे’ र ‘ध्वाखा छेँ (नरसिंह)’ फल्चा पुनःनिर्माण भएपछि आज सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडाध्यक्ष आशामान संगतले फल्चाहरुको समुद्घाटन गरेका छन् ।

456225551_1071864397839266_1027746835565466912_n-1724145626.jpg
 

यी फल्चामध्येकोे ‘ग्वलः दे फल्चा’ वि. सं. १९९० सालको भूकम्पपछि हराएको थियो । वडाध्यक्ष संगतका अनुसार घरको भित्तामा पाइएको शिलापत्र अध्ययन र करिब ५० सालतिर तयार पारिएको विवरण पुस्तिकाको फोटो हेरेर फल्चा पुनरुत्थान गरिएको हो । शिलापत्रमा फल्चाको निर्माण नेपाल संवत् ८२० मा र पुनःनिर्माण ८७३ मा भएको उल्लेख छ । यसअनुसार फल्चा करिब ३२४ पुरानो हो । स्थानीय पाका मानिसहरूका अनुसार ९० सालको भूकम्पपछि फल्चा हराएको थियो । पशुपति क्षेत्रलाई पहिले ग्वलः दे (ग्वल देश) भनिन्थ्यो । त्यही नामबाट फल्चाको नाम भएबाट यसको प्राचीनता बुझ्न सकिन्छ ।

455140620_905567804793222_4853809894562343174_n-1724145626.jpg
 

फल्चा पुनरुत्थानका लागि वडाले करिब १४ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । १४ फिट लम्बाइ र साढे ६ फिट चौडाइको फल्चा ९१ वर्ग फिट क्षेत्रफलको छ । २५ फिट लम्बाइ र १६ फिट चौडाइको नरसिंह फल्चा १९ औँ शताब्दीमा बनाइएको अभिलेख छ । ठमेलमा बस्ने कमान नरसिंह कर्णेलले बनाएकाले यसको नाम नरसिंह रहेको हो । यसलाई नेपाल भाषामा ‘ध्वाखा छेँ’ भन्ने गरिएको छ ।

455943671_923327572935827_4900719271107810755_n-1724145626.jpg
 

संयोजक संगतका अनुसार रावण पाटी पुनः निर्माणको काम सुरु भइसकेको छ ।

456125906_1277141330323088_5323816400719486955_n-1724145626.jpg
454166030_863294902419781_1746943630210084220_n-1724145625.jpg
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्