Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुम्बिनीका मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत

मंगलबार, भदौ ४, २०८१

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा बैठकमा विश्वासको मत मागेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेका हुन् ।

प्रदेशको समृद्धिको आकांक्षालाई मूर्तरूप दिन सबै दलहरू एक ठाउँमा आउनुपर्ने बताउँदै उनले सबैले विश्वास मत दिनुपर्ने बताए । उनले सबै दल  मिलेर  प्रदेशको समृद्ध, आत्मनिर्भर बनाउनु पर्ने बताए । उनले प्रदेशको विकासका लागि सबै दलले आफूलाई विश्वासको मत दिनुपर्ने बताए । उनले विपक्षी दल नेकपा माओवादीसँग पनि विश्वासको मत मागेका छन् ।  

आचार्य साउन ७ गते एमालेका २९ र काँग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्