Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु

मंगलबार, भदौ ४, २०८१

काठमाडौँ- अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान परेको वर्षापछि शितगंगा नगरपालिका-१३, सिमलपानीमा पक्की पिल्लरसहित २ तले गोठ माथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।पहिरो खस्न थालेपछि पशु चौपायालाई गोठबाट बाहिर निकाल्न गएका थापालाई पहिरोले च्याप्दा घटनास्थलमै थापाको मृत्यु जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पहिरोले गोठमा रहेको एउटा पाडो र दुईवटा बाख्रा समेत च्यापिएर मरेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्