Nic Ad Nic Ad
Nic Ad Nic Ad

नागरिक र राज्य नजोडिएसम्म लोकतन्त्र सफल हुन सक्दैन : शंकर पोखरेल

मंगलबार, भदौ ४, २०८१

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक र राज्य नजोडिँदासम्म लोकतन्त्र सफल हुन नसक्ने बताएका छन् ।

‘स्कुल अफ डेमोक्रसी’ संस्थाले नेपाली कांग्रेसका प्रदीप गिरिको दोस्रो स्मृति दिवसको अवसरमा मंगलबार गरेको ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘जबसम्म नागरिक र राज्य जोडिँदैनन्, तबसम्म लोकतन्त्र सफल हुन सक्दैन’, महासचिव पोखरेलले भने, ‘कुनै पनि देश सफल हुन राज्य र नागरिकबीचको सम्बन्ध पनि राम्रो हुन जरुरी छ ।’

उनले नेपाली समाजमा राज्य र नागरिक जोडिन नसकेको पनि बताए । ‘नेपाली समाजमा राज्य र नागरिक जोडिन सकेकै छैन,’ पोखरेलले भने, ‘जसले चर्को स्वर गर्छ, उसका पछि जनताहरू झुम्मिने अवस्था छ । यसले समाजलाई सही दिशा दिँदैन ।’

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्