Nic Ad Nic Ad
Nic Ad Nic Ad

विराटनगरको बाल सुधारगृहबाट दुई बालक फरार

मंगलबार, भदौ ४, २०८१

विराटनगर - विराटनगरको बाल सुधारगृहबाट दुई बालक भागेका छन् । कानुनी विवादमा जिल्ला अदालतको फैसला र आदेश अनुसार सुधारगृहमा राखिएका २ जना बालक मंगलबार दिउँसो पर्खाल नाघेर भागेका हुन् ।

प्रहरीका अनुसार कर्तव्य ज्यान तथा डाँका मुद्दामा सजाय तोकिएका र  जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि सुधारगृहमा रहेका बालक फरार भएका हुन् । दुवैको उमेर १६ वर्ष छ । भागेका बालक सुनसरीका हुन् ।अदालतले कोशी गाउँपालिकाका बालकलाई १२ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो ।

बराहक्षेत्र नगरपालिका–११ घर भएका बालकलाई जबर्जस्ती करणी मुद्दामा अदालतले गत असार २८ गते पुर्पक्षका लागि सुधारगृहमा पठाउन आदेश दिएको थियो ।

सुधारगृहका प्रमुख मिलन चौहानका अनुसार सुधारगृहभित्र रहेको विद्यालयमा अतिरिक्त क्रियाकलाप चलिरहेका बेला दुवै जना मंगलबार दिउँसो ३ बजेतिर भागेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले फरार भएका बालकहरुको खोजी भइरहेको बताए  । सुधारगृहको क्षमता ५० जनाको छ । तर हाल २ सय ३८ जना बालक छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्