Nic Ad Nic Ad
Nic Ad Nic Ad

योगी पाइलट बाबाको निधन

मंगलबार, भदौ ४, २०८१

काठमाडौं- योगी पाइलट बाबाको निधन भएको छ । मंगलबार दिँउसो २ देखि ३ बजेको बीचमा मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको निजी चिकित्सक डा. अनिल मिश्रले जानकारी दिए ।

डा. मिश्रका अनुसार पाइलट बाबालाई उक्त अस्पतालमा एक महिना आठ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो । ८६ वर्षका उनी लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए । पछिल्लो समय छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

पाइलट बाबाको अन्त्येष्टि बुधबार भारतकै हरिद्वारमा हुने डा. मिश्रले जानकारी दिए ।पाइलट बाबाको आधिकारिक फेसबुक पेजमा पनि उनको निधन भएको उल्लेख गरिएको छ र अनुयायीहरुलाई शान्त रहन अपिल गरिएको छ ।

पाइलट बाबा भारतको विहार राज्‍यको सासाराम भन्‍ने स्थानमा सन् १९३८मा जन्मिएका थिए पाइलट बाबा । पाइलट बाबाको वास्तविक नाम कपिल सिंह हो । सन् १९५७ समा उनले एक लडाकू विमान सैनिक सेवामा प्रवेश गरेका थिए ।

उनले १९६२, १९६५ र १९७१ मा बहादुरीपूर्वक चीन, पाकिस्तानको युद्धमा भाग लिएका थिए ।  उनले भारत सरकारबट वीर चक्र, विशिष्ट सेवा मेडल, कम उचाइमा लडाकू जहाज उडाएर कीर्तिमा राखेका थिए ।

उनले बीएचयूबाट जैविक रसायन विज्ञानमा स्नातकोत्तर गरेका थिए । उनले १५ वर्षसम्म भारतीय विमान सैनिकको रुपमा काम गरे विङ कमाण्ड सम्हालेर अवकाश लिएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १८:४८
प्रतिक्रिया दिनुहोस्