Nic Ad Nic Ad
Nic Ad Nic Ad

कर्णालीमा स्थानीय कर्मचारीको हकहितका लागि शान्तिपूर्ण र्‍यालीको तयारी

मंगलबार, भदौ ४, २०८१

सुर्खेत- कर्णाली प्रदेशका स्थानीय सेवा कर्मचारीहरूले आफ्नो हकहितको संरक्षणका लागि प्रदेश सभामा विचाराधीन “स्थानीय सेवा गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१” को शीघ्र पारितको माग गर्दै बृहत् शान्तिपूर्ण र्‍याली र कोणसभा गर्ने भएका छन्।

यो विधेयक कर्णाली प्रदेश सरकारले तर्जुमा गरेको हो, जसबारे हाल प्रदेशसभामा छलफल भइरहेको छ। प्रदेश मामिला समितिमा सांसदहरूले दर्ता गरेका संशोधन प्रस्तावमाथि विचार-विमर्श चलिरहेकै अवस्थामा, स्थानीय सेवा कर्मचारी सञ्जाल, कर्णाली प्रदेश समितिले विधेयकलाई छिटो पारित गर्न दबाब दिन भन्दै र्‍याली र कोणसभाको आयोजना गर्ने निर्णय गरेको जनाएको छ । शान्तिपूर्ण हुने भनिएको र्‍याली भदौ ५ गते सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरमा बिहान ११ बजे सुरु हुनेछ। सञ्जालले कर्णाली प्रदेशका सबै नगर र गाउँपालिकाबाट कम्तीमा ५ जना कर्मचारीको अनिवार्य सहभागिता सुनिश्चित गर्न सबै नगरपालिका तथा गाउँपालिका संयोजकहरूलाई पत्राचार गरिसकेको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्