Nic Ad Nic Ad
Nic Ad Nic Ad

२५ करोड रुपैयाँ सहुलियत दिँदापनि डीडीसीले दुधको रकम भुक्तानी दिन सकेन

मंगलबार, भदौ ४, २०८१

काठमाडौँ - कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारले २५ करोड रुपैयाँ सहुलियत रकम दिँदापनि दुग्ध विकास संस्थान (डीडीसी) ले किसानको दूधको रकम भुक्तानी गर्न नसकेको बताएका छन् ।

मंगलबार पत्रकारसँग भेटघाटका क्रममा मन्त्री अधिकारीले डीडीसीलाई मन्त्रालयले २५ करोड रुपैयाँ दिँदा पनि अझै पनि साढे एक करोड रुपैयाँ भुक्तानी गर्न नसकेको बताएका हुन् ।

डीडीसीले किसानबाट ६५ रुपैयाँ प्रतिलिटर दूध खरिद गरेर १३० रुपैयाँ बढी रकम बेच्ने, सोही दूधबाट मक्खन पनि निकाल्ने तर दूध उधारोमा खरिद गरेको उनले उल्लेख गरे । साथै डीडीसीसँग २५ करोड रुपैयाँ बराबर दुग्धजन्य पदार्थ (मक्खन, पाउडर) मौज्दात रहेको बताए । 

यस्तै, कृषि बिमा भुक्तानी रकमका लागि अर्थ मन्त्रालयसँग सहमति हुन नसकेको उनले बताएका छन् । अधिकारीले दसैँभित्र रकम भुक्तानी नदिए आन्दोलन गर्ने उखु किसानले चेतावनी दिइसकेको बताए । 

मन्त्रालयबाट केही वर्षमा अनुदानका नाममा अर्बौँ रकम  बाहिरिएको भन्दै उनले सो रकम सही ठाउँमा लगानी भए–नभएको खोजी गर्न निर्देशन दिइएको बताए । 
 

प्रतिक्रिया दिनुहोस्