Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादी प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि

बुधबार, भदौ ५, २०८१

काठमाडौँ - नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु हुँदै छ । बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक आज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुनेछन् ।


बैठकमा स्थायी समितिको निर्णय, परिपत्रसहितका प्रस्तावमाथि परामर्श लिइने बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाले जानकारी दिए । उक्त बिहीबार बैठक सम्पन्न हुनेछ । परामर्श समितिको बैठक अन्य प्रदेश र मोर्चा कमिटीहरूमा असोज ३ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्