Nic Ad Nic Ad
Nic Ad Nic Ad

सूर्यकुण्ड संरक्षणमा स्थानीय सरकार सक्रिय

बुधबार, भदौ ५, २०८१

सुनसरी - वराह क्षेत्र नगरपालिका-१ स्थित पर्यटकीय स्थल सूर्यकुण्ड संरक्षणमा स्थानीय सरकार जुटेको छ । धार्मिक महत्वको कुण्ड संरक्षणको दायित्व स्थानीय सरकारको पनि भएकाले बराहक्षेत्र नगरपालिका सम्पदा जोगाउन सक्रिय भएको छ । 

नगरप्रमुख रमेश कार्कीले सूर्यकुण्ड क्षेत्रका ऐतिहासिक सम्पदाको संरक्षण पालिका मात्र नभई समाजका सबै वर्गको दायित्व भएको बताउँदै बराहक्षेत्र मन्दिर, साथै बराहक्षेत्र–१ स्थित औलिया मठलगायत संरचनामा सरसफाइ गरिएको जानकारी दिए। 
सम्पदा संरक्षण एवं मठमन्दिरको नियमित रूपमा सरसफाइ गरिने प्रतिबद्धता उनले व्यक्त गरे। सूर्यकुण्ड क्षेत्रको विकासका लागि नगरपालिकाले सरोकारवाला निकाय तथा प्रदेश र संघीय सरकारसँग समन्वय गरिरहेको छ”, नगरप्रमुख कार्कीले भने। 

नगरप्रमुख कार्कीको संयोजकत्वमा गठित संरक्षण एवं सरसफाइ समितिमा उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर कटुवाल, बराहक्षेत्र–१ का वडा अध्यक्ष किसन मगर, बराहक्षेत्र–७ का वडा अध्यक्ष कपिल आचार्य, वडाका जनप्रतिनिधि, कर्मचारी मिलन केन्द्र, नेपाल प्रहरी र नगर प्रहरीका प्रतिनिधि सदस्य रहेका छन् ।  

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्