Nic Ad Nic Ad
Nic Ad Nic Ad
माओवादीभित्र कलह

एमालेसँग माओवादीको एकता गराउन जनार्दन शर्माको भूमिका, पार्टी विभाजनको कारणचाहिँ प्रचण्ड

बुधबार, भदौ ५, २०८१

काठमाडौं– नेकपा माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि प्रश्नका कारण उपमहासचिव जनार्दन शर्मा अहिले चर्चामा रहेका छन्। 

पार्टी स्थायी समितिको बैठकका क्रममा शर्माको प्रस्तावका कारण हेडक्वार्टरमा ठूलै तहल्का मच्चिएको थियो। यसको समापनका क्रममा प्रचण्डले भने,‘अब जनार्दन शर्माले पार्टी या मेराविरुद्धमा गरिएका यस्ता चर्चा गर्ने छैनन्।’

यहि विषयमा शर्माको आपत्ति पनि रहेको छ। उनले अब भन्ने शव्दको प्रयोग प्रचण्डको भूल भएको पनि उल्लेख गरेका छन्। यसबाहेक उनले पार्टीमा आफ्नो लगानी र योगदान प्रचण्डकोभन्दा कम नभएको पनि दाबी गरेका छन्। 

यहि मेसोमा उनले अन्य ठूला खुलासा पनि गरिसकेका छन्। शर्मानिकट स्रोतका अनुसार नेकपा एमाले र माओवादीको एकीकरण गरी नेकपा बनाउने भूमिका उनकै प्रधान रहेको थियो। तर विभाजनको कामचाहिँ प्रचण्डले गरेका थिए। 

‘माओवादी विभाजन गरी फरक दल बनाएकासँग एकीकरणको भूमिका पनि मैले गरेको हुँ, बादलजीहरु मैले फर्काएको हो’, शर्माले भनेका छन्। यसबाहेक एमालेसँगको एकीकरण पनि आफूले गराएको शर्माको दाबी छ। तर, नेतृत्वले विभाजन गरेको उनको मत छ। 

यति मात्र होइन अब प्रचण्डमाथि प्रश्न गर्दा पार्टी छाड्नुपर्ने नियति नआउने पनि शर्माको दाबी छ। उनले भनेका छन्,‘त्यो अरुबेला भएको थियो होला अब त्यस्तो समय छैन।’
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्