Nic Ad Nic Ad
Nic Ad Nic Ad

जस्मिन पेन्ट्सले ल्यायो थाईल्याण्ड घुम्ने अफर

बुधबार, भदौ ५, २०८१

काठमाण्डौ – जस्मिन पेन्ट्सले ‘चाडपर्वको उमङ्ग, थाईल्याण्ड घुमौ जस्मिन पेन्ट्ससँग’ ग्राहक उपहार योजना ल्याएको छ । मुख्य चाडपर्वको अवसरमा थप उमङ्ग र खुशी प्रदान गर्ने उद्देश्यका साथ गएको भदौ १ गतेदेखि आउँदो कात्तिक ३० गतेसम्मका लागि ग्राहकलक्षित योजना लागु गरेको कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागी हुन ग्राहकले नजिकैको डिलरबाट कम्तीमा ७५ हजार रुपैयाँ (भ्याट सहित) को जस्मिन पेन्ट्सको उत्पादन खरिदमा एउटा लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन् । लक्की ड्र कार्यक्रमको प्रत्यक्ष प्रसारणमार्फत विजेता घोषणा गरिनेछ । उपहार योजनाबाट आठ सय २० जना ग्राहकले विभिन्न उपहार प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

यीमध्ये दुई जनाले थाइल्याण्ड घुम्ने अवसर प्राप्त गर्नेछन् । कम्पनीले विगत ३० वर्षदेखि निरन्तर रुपमा ‘नेपाली मनको नेपाली रङ्ग’ भन्ने स्लोगनका साथ आफ्ना उत्पादन नेपाली ग्राहक समक्ष पुर्‍याउँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्