Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखराबाट उडेको बुद्धको विमान २० मिनेट काठमाडौंको आकाशमा घुमेर भैरहवा पुग्यो

बुधबार, भदौ ५, २०८१

काठमाडौं– पोखराबाट काठमाडौं आएको बुद्ध एयरको विमान २० मिनेटसम्म काठमाडौंको आकाशमा घुमेर भैरहवा पुगेको छ। 

काठमाडौंमा मौसमको खराबीका कारण अवतरणका लागि प्रयास गर्दा २० मिनेटसम्म पनि अनुकुल नभएपछि भैरहवामा अवतरण भएको हो। 

विहान ७ बजेर २५ मिनेटमा उड्नुपर्ने विमान ९ बजेपछि मात्र उडेको थियो। बुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ मा ७२ जना यात्रु थिए। 

तर उसले काठमाडौंमा अवतरण गर्न नसकेको विमानस्थल स्रोतले जनाएको छ। यसपछि अवतरणका लागि पोखरा फर्किने तयारी गरे पनि उताको मौसममा समेत समस्या देखिएपछि भैरहवामा १० बजेर २० मिनेटमा अवतरण गरिएको थियो। 
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्