Nic Ad Nic Ad
Nic Ad Nic Ad

निजी क्षेत्रलाई पनि अख्तियारले छानबिन गर्नुपर्छ : प्रेम सुवाल

बुधबार, भदौ ५, २०८१

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचार मुद्दामा अख्तियारले छानबिन गर्न सक्ने कानुनी व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

संसद्को राज्य व्यवस्था समिति बैठकमा बुधवार बोल्दै उनले सो कुरा बताएका हुन् । सुवालले अहिले भ्रष्टाचार नेता र व्यापारी मिलेर गर्ने भएकाले निजी क्षेत्रलाई पनि अनुसन्धानको दायरमा ल्याउनुपर्ने माग उनले गरे।

उनले विगतमा एक जना पनि नेताको काठमाडौँमा घर नभएको तर अहिले बङ्गला र गाडीहरू कसरी आयो भन्दै प्रश्न समेत गरे । सुवालले छानबिनका लागि आयोग बनाउन समेत उनले माग गरेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्