Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादीको प्रदेशस्तरीय परामर्श समिति बैठकमा जनार्दनको प्रस्तावमाथि पनि छलफल हुँदै

बुधबार, भदौ ५, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु भएको छ। हालै बसेको स्थायी कमिटीको बैठकको निर्णय अनुसार आज बागमती प्रदेशबाट परामर्श समितिको बैठक सुरु भएको हो।

बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा जारी छ। भोलिसम्म चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङसहित उपमहासचिवसहित प्रदेशका पदाधिकारीहरू सहभागी छन्।बैठकअघि छलफलको विषय टुङ्ग्याउन अध्यक्ष ‘प्रचण्ड’ले पदाधिकारी बैठक राखेका थिए। पदाधिकारी बैठकपछि परामर्श समितिको बैठक सुरु भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

माओवादी सत्ताबाट बारिएपछि संगठन निर्माणको तयारीको लागि श्रृंखलबद्ध बैठकमा छ। यसअघि पदाधिकारी र स्थायी कमिटी बैठक बसेर आगामी रणनीतिबारे छलफल गरेको माओवादीले परामर्श समितिको सातै प्रदेशमा बैठक बसेपछि केन्द्रीय कमिटी बैठक बस्ने तयारी गरेको छ।

परामर्श समितिको बैठकमा पनि उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटीमा पेश गरेको प्रस्तावबारे छलफल हुने जनाइएको छ। शर्माले अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न सुझावसहित पार्टी निर्माणबारे प्रस्ताव ल्याएका थिए। जसले माओवादी वृत्तमा ठूलो तरंग ल्याएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्