Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपाले भ्रष्टाचारविरुद्ध सरकारमाथि दबाब बढाउन नागरिक समाजलाई आह्वान गर्ने

बुधबार, भदौ ५, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारका मुद्दामा सरकारलाई जबाफदेही बनाउन दबाब सिर्जना गर्न नागरिक समाजलाई आह्वान गर्ने भएको छ ।

अनियमितताका प्रकरणमा नागरिक समाज मार्फत सरकारलाई दबाब दिन आह्वान गर्ने केन्द्रीय समितिको आज बसेको बैठकले निर्णय गरेको हो ।भ्रष्टाचारको मुद्दामा हदम्याद, स्वार्थ बाझिने र असमावेशी मन्त्री नियुक्ति, शिक्षामा राजनीतिकरण लगायतका मुद्दामा नागरिक समाज मार्फत पनि दबाब आवश्यक रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए ।

मन्त्रिपरिषद् असमावेशी, विद्युत् महसुल उठाउनका लागि सरकारले उदासीनता र आनाकानी गरिरहेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी गराए । उनका अनुसार रास्वपाले अनियमितताका प्रकरणमा संसदमा सशक्त आवाज उठाउने निर्णय गरेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्