Nic Ad Nic Ad
Nic Ad Nic Ad

संगीत उद्योग संघमा प्रहरीको छापा, हार्ड डिस्कसहित कागजात बरामद

बुधबार, भदौ ५, २०८१

काठमाडौँ- नेपाल संगीत उद्योग संघमा प्रहरीले छापा मारेको छ । अनामनगरस्थित संघको कार्यालयबाट प्रहरीले कागजात बरामद गरेको छ ।

अनुसन्धानका लागि कागजात संकलन गरिएको मानव बेचबिखन ब्युरोका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले बताए ।ब्युरोले कार्यसमिति बैठकका निर्णय, लेटरप्याड र कम्प्युटर कार्ड डिस्क बरामद गरेको छ । नेपाल संगीत उद्योग संघका पदाधिकारीले फर्जी कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाको आधारमा ब्युरोले त्यसबारे अनुसन्धान सुरु गरेको एसपी गौतमले बताए ।

प्रहरीले संघका अध्यक्षसहितका पदाधीकारीहरुसँग समेत सोधपुछ गरिरहेको छ ।

काठमाडौँ । नेपाल संगीत उद्योग संघबाट प्रहरीले छापा मारेको छ । अनामनगरस्थित संघको कार्यालयबाट प्रहरीले कागजात बरामद गरेको छ ।

अनुसन्धानका लागि कागजात संकलन गरिएको मानव बेचबिखन ब्युरोका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले बताए ।

ब्युरोले कार्यसमिति बैठकका निर्णय, लेटरप्याड र कम्प्युटर कार्ड डिस्क बरामद गरेको छ । नेपाल संगीत उद्योग संघका पदाधिकारीले फर्जी कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाको आधारमा ब्युरोले त्यसबारे अनुसन्धान सुरु गरेको एसपी गौतमले बताए ।

प्रहरीले संघका अध्यक्षसहितका पदाधीकारीहरुसँग समेत सोधपुछ गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्