Nic Ad Nic Ad
Nic Ad Nic Ad

सय दिनमा गर्ने कामको योजना छिट्टै सार्वजनिक हुन्छ : मुख्य सचिव गड्तौला

बुधबार, भदौ ५, २०८१

काठमाडौँ- नेपाल सरकारले एक सय दिनमा गर्ने कामहरूको योजना सार्वजनिक गर्ने भएको छ ।

सरकारले सय दिनमा सम्पादन गर्ने कामहरूको योजना छिट्टै सार्वजनिक गर्ने तयारी गरेको मुख्य सचिव लीलादेवी गडतौलाले जानकारी दिइन् ।

नेपाल उद्योग परिसंघले बुधवार काठमाडौँमा गरेको एक कार्यक्रममा मुख्य सचिव गडतौलाले भनिन्, ‘सरकारले सय दिन भित्रमा गर्ने काम के के हुन् ? भन्ने कुरा अब छिट्टै नै बाहिर ल्याउँदै छ । त्यो सय दिनभित्र गर्ने काम धेरै नै यहाँ पर्ने मैले महसुस गरेको छु ।’

जिम्मेवार निकायमा बस्नेहरूले बोल्ने भन्दा पनि काम गरेर परिणाम देखाउन केन्द्रित हुनुपर्ने उनको भनाइ छ । मुख्य सचिव गडतौलाले आफ्नो जिम्मेवारी पूरा गर्न सचिवहरूलाई निर्देशन समेत दिएकी थिइन् ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्