Nic Ad Nic Ad
Nic Ad Nic Ad

वर्षाले कैलालीका हुलाकी सडक अवरुद्ध

बुधबार, भदौ ५, २०८१

कैलाली- निरन्तर वर्षाका कारण कैलालीका हुलाकी सडक अवरुद्ध भएका छन् । वर्षापछि बाढीका कारण ठाउँ ठाउँमा सडक भत्किएका छन् । 

कैलारी गाउँपालिका-५ पुरानो मनिकापुरस्थित हुलाकी सडक भत्किँदा आवागमन ठप्प भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। निरन्तरको वर्षाका कारण पानीको सतह सडकभन्दा माथि पुगेको छ । वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ्दा कैलारी गाउँपालिका–५ पुरानो मनिकापुर बस्तीका २४ घर डुबानमा परेका छन् । उनीहरू आफन्तकहाँ बसेका छन । पाँच परिवारलाई स्थानान्तरण गरी वडा नं-५ को कार्यालयमा राखिएको छ ।  

गौरीगंगा नगरपालिमा पनि केही घर डुबानमा परेका छन् । गौरीगंगा -७ का महादेवा, कम्दा, भगवानपुर र वडा नं-९ शंकरपुरका केही घर डुबानमा परेका सूचना अधिकारी जोशीले बताए। 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १७:३८
प्रतिक्रिया दिनुहोस्