Nic Ad Nic Ad
Nic Ad Nic Ad

डोटीमा श्रीमानले हँसिया प्रहार गरी श्रीमतीको हत्या

बुधबार, भदौ ५, २०८१

डोटी । डोटीमा श्रीमानले हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको पूर्विचौकी गाउँपालिका-५ उपरकाँडाका ५० वर्षीय पदी साउदले हँसिया प्रहार गरी बुधवार ४५ वर्षीय श्रीमती नरु साउदको हत्या गरेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराईका अनुसार मङ्गलवार दिउँसो करिब ३ बजेतिर पदीले आफ्नै घरको आँगमा हँसियाले घाटी रेटेर श्रीमतीको हत्या गरेको जनाएका छन् ।

घटनामा संलग्न पदी साउदलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको डिएसपी भट्टराईले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्