Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकारमा जान हतार गर्दैनौँ, सरकार नै हामीसँग आउनुपर्छ : ‘प्रचण्ड’

बुधबार, भदौ ५, २०८१

काठमाडौँ - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जान हतार नगर्ने बताएका छन् । तर अबदेखि सरकारमा जाँदै जाँदैनौ भन्ने पनि सही नभएको उनले बताएका छन् ।

बुधबारदेखि सुरु भएको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा माओवादी अध्यक्ष ‘प्रचण्ड’ले तत्काल सरकारमा जानतिर लाग्न नहुने बताए । 


उनको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘हामी सरकारमा जाने हतार गर्दैनौँ, सरकार नै हामीसँग आउनुपर्छ भन्ने अध्यक्षको धारणा थियो ।’

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्