Nic Ad Nic Ad
Nic Ad Nic Ad

परराष्ट्रमन्त्री राणा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

बुधबार, भदौ ५, २०८१

काठमाडौँ- परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीको शेराटन होटलमा बुधबार उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा चौथाइवालेले परराष्ट्र मन्त्री नियुक्त भएकोमा परराष्ट्र मन्त्री राणालाई बधाई दिएका थिए। ‘महत्त्वपूर्ण पदमा नियुक्त हुनुभएकोमा बधाई छ, ‘उनले एक्समा भनेका छन्। त्यस्तै भेटमा नेपाल–भारत सम्बन्धको नयाँ आयाम र अवसरहरूबारे छलफल भएको चौथाइवालेले उल्लेख गरेका छन्। 

परराष्ट्र मन्त्री राणा पाँच दिने भ्रमणका लागि गत आइतबार नयाँ दिल्ली गएकी हुन्। भारतीय विदेश सचिव एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा गएकी हुन्। भ्रमणका क्रममा परराष्ट्र मन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्