मकवानपुरको मनहरीमा भैंसीको आक्रमणबाट बाघको मृत्यु
मकवानपुर - मकवानपुरको मनहरीमा आक्रमण गर्न गएको बाघलाई भैंसीले प्रतिकार गर्दा बाघकै मृत्यु भएको छ । भैंसी घाइते भएको छ ।
आज बिहान ५ः१५ बजेको समयमा मनहरी गाउँपालिका–६ प्रतापपुरमा स्थानीय बलबहादुर राईको गोठमा रहेको भैंसीलाई चितवन राष्ट्रिय निकुञ्जको बाघले आक्रमण गरेको थियो । भैंसीले प्रतिकार गर्ने क्रममा बाघको मृत्यु भएको स्थानीयले बताएका छन् ।
यस्तो घटना पहिलो भएको लोथर मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर स्याङबोले जानकारी दिए । बाघको मुचुल्का गरेर सौराहा ल्याउँदै छ । स्याङबोका अनुसार बाघको शरिरमा चोट देखिएको छैन । भैंसीको शरिरभरी घाउ छ ।
गोठमा बाँधेको भैसीको आक्रमणबाट हो या अन्य कारणबाट बाघको मृत्यु भएको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुन्जले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१ ०७:५२
प्रतिक्रिया दिनुहोस्