Nic Ad Nic Ad
Nic Ad Nic Ad

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

बिहीबार, भदौ ६, २०८१

काठमाडौं - भारतको पाँच दिने भ्रमण पूरा गरी परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार स्वदेश फर्किँदै छिन्। अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ।

भारतीय समकक्षी एस जयशंकरको निम्तोमा उनी आइतबार भारत भ्रमणमा निस्केकी थिइन्। परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेकी छन्।

भेटका क्रममा नेपाल भारत सम्बन्ध, बहुआयामिक विविधता र द्विपक्षीय हितका विषयमा कुराकानी भएको राणाकाे सचिवालयले जनाएकाे छ। व्यापार, कनेक्टीभिटी, हवाई रुट, विद्युतलगायत विषयमा गम्भीर छलफल भए पनि सीमामा देखिएका समस्याबारे भने कुरा हुन सकेन।

राणालाई प्रधानमन्त्रीसरह नै भारतले सम्मान र महत्त्व दिएपछि नेपालको राजनीतिक वृत्तमा निकै चर्चा चुलिएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०९:०७
प्रतिक्रिया दिनुहोस्