कलाकार विपीन कार्कीलाई जन्मदिनमा मातृशोक
काठमाडौं– कलाकार विपीन कार्कीलाई मातृशोक परेको छ । कार्कीकी आमा सरस्वतीको ७२ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान पाटन अस्पतालमा निधन भएको हो ।
फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या भएपछि उनकाे केही दिनदेखि पाटन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको आजै बिहान १० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
कलाकार विपीनको आज जन्म दिन हो । जन्मदिनको दिन कार्कीले आफ्नी ममतामयी आमा गुमाएका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१ १०:१५
प्रतिक्रिया दिनुहोस्