Nic Ad Nic Ad
Nic Ad Nic Ad

बलम्बुमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारियो

बिहीबार, भदौ ६, २०८१

काठमाडौं - काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, बलम्बु स्कुल नजिकैको एक घर अगाडि फेला परेको संकास्पद वस्तु रित्तो कुकर रहेको पाइएको छ । शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि नेपाली सेनाको बम डिस्पोज टोली गएर हेर्दा रित्ता कुकर फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । तर्साउन मात्रै राखिएको हरियो प्लाष्टिकभित्र कुकरको थोरै भाग बाहिर देखिएपछि स्थानीय त्रसित हुँदै प्रहरीलाई खबर गरेका थिए ।


शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ ।

उक्त वस्तु बुधबार दिउँसो सवा बजेतिर २ जना व्यक्तिले राखेर गएको सीसीटीभी फुटेमा देखिएको छ । ती व्यक्तिको भने पहिचान हुन बाँकी छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्