Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्याम्पसमा सुतली बम पड्काउने दुई जना पक्राउ 

बिहीबार, भदौ ६, २०८१

बुटवल– दाङको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

चर्को आवाजमा बम पड्किएपछि हल्लखल्ली भएको थियो। घोराहीस्थित क्याम्पसमा बम पड्काउने दुई जना मोटरसाइकलमा आएको र भाग्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

प्रहरीले घोराही उपमहानगरपालिका–१५ का प्लस टु पढिसकेका अभियान थापा र सोही क्याम्पसमा अध्ययनरत सुदन कार्कीलाई पक्राउ गरी आवश्यक

अनुसन्धान जारी राखेका छ। उनीहरूले रमाइलोका लागि सुतली बम पड्काएको प्रारम्भिक बयान दिएका छन्।
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्