Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरी समायोजन प्रक्रिया अघि बढिसकेको छ : गृहमन्त्री लेखक

बिहीबार, भदौ ६, २०८१

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले मुलुकमा शान्ति, सुव्यवस्था र विधिको शासन कायम गर्ने बताएका छन् ।

आज बिहान जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री लेखकले सुशासन, दिगो शान्ति, विकास र समृद्धि प्राप्त गर्ने कुरामा सरकार अघि बढिरहेको बताएका हुन् ।‘यो सरकार डेलिभरी दिनका लागि बनेको हो, डेलिभरी हुन्छ, मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायम हुन्छ,’ उनले भने ।

नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन गर्ने, परिमार्जन गर्ने र कानुन नै नयाँ बनाउने गरी गृह मन्त्रालयबाट प्रक्रिया अघि बढाइएको जानकारी पनि उनले दिए । ‘मैले मन्त्रालयबाट निर्णय गरेर अगाडि बढाइसक्या छु । त्यो अर्थ मन्त्रालयमा गाको छ,’ मन्त्री लेखकले भने, ‘विभिन्न मन्त्रालयहरूको सहमति पछि त्यो संसदमा जान्छ ।’

उनले प्रहरी सम्बन्धी संघका ऐनहरूमा संशोधन परिमार्जन गरेर प्रहरी समायोजन र प्रदेश प्रहरी गठन हुने उनले बताए ।

प्रहरी समायोजन प्रक्रियाले चाँडै अन्तिम रूप पाउने बताउँदै उनले मधेस प्रदेशको आफ्नै प्रहरी बल स्थापित हुने कुरामा विश्वस्त हुन आग्रह गरे ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्