Nic Ad Nic Ad
Nic Ad Nic Ad

औपचारिक भ्रमण सकिए पनि यसकारण नयाँ दिल्लीमै छिन् परराष्ट्रमन्त्री डा. देउवा

बिहीबार, भदौ ६, २०८१

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणाको भारतको औपचारि भ्रमण मंगलबार नै सकिए पनि काठमाडौं फर्किएकी छैनन्। उनी नयाँ दिल्लीमा नै रहेकी छन्। 

परिवारका सदस्यसहित नयाँ दिल्ली गएको भनी उनको आलोचना भएको थियो। तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको सम्मानका कारण राणाको चर्चा कम भएन। 

मोदीले शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री सहरको सम्मानसाथ आफूसँग विदेशमन्त्री एस जयशंकार, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव बिक्रम मिस्री र नेपालका लागि भारतीय राजदूतलाई पनि सहभागी गराएका थिए। 

यसकारण राणाको भ्रमणलाई सफल भएको मानिन्छ। प्रायः भ्रमण सकिएपछि स्वदे फिर्ता हुने सरकारी प्रचलन रहे पनि डा. राणा नयाँ दिल्लीमा रहनुको कारण उनको स्वास्थ्योपचारको निरन्तरता हो। 

भारतीय सरकारको सहजीकरणमा उनी नयाँ दिल्लीमा रहेकी हुन्। यसअघि उनले हाइपर प्याराथाइरोइडइजमको शल्यक्रिया सम्पन्न भएको गरेकी थिइन्। आरजु विगत दुई वर्षदेखि सो रोगको उपचार गर्दै आएकी थिइन्।

दिल्लीस्थित म्याक्स अस्पतालमा गत चैत १४ गते उनको पहिलो पटक शल्यक्रिया भएको थियो। त्यसैको फलोअपका लागि परिवारका सदस्यसहित डा. राणा नयाँ दिल्लीमा नै रहेको बताइन्छ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्