त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ भन्दै संसदमा उठ्यो प्रश्न
काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को सुरक्षा थ्रेटको विषय के हो भन्दै प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले ‘त्रिभुवन विश्वविद्यालयका उपकुलपति र रेक्टर सुरक्षा कारण देखाउँदै अनुपस्थित भएको विषयको सत्यता के हो भन्दै विषय उठान गरेका हुन् ।
‘त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ ? सरकार छ भने टीयूमा सुरक्षा देओस् । राजनीतिक समस्या भए वार्ताको माध्यमबाट र गुण्डागर्दी भए प्रशासन लगाएर समस्या हल गर्नुपर्छ‚’ उनले भने ।
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१ १४:०९
प्रतिक्रिया दिनुहोस्