Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीको कार्यक्षमतामा सुमनाको प्रश्न

बिहीबार, भदौ ६, २०८१

काठमाडौ - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न उठाएकी छिन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले शिक्षालयमा राजनीतिक दल चाहिन्छ भनेर प्रधानमन्त्री ओलीले वकालत गरेको बताइन् । 

‘शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिका रूपमा बोल्दै हिँड्ने, शिक्षक र प्राध्यापकले राजनीति गर्नुपर्छ भन्ने जरो र टुप्पोमा पनि उहीँ । कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण के छ ? यसमा कुलपति र प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराए,’ उनले भनिन् । 

उनले रास्वपाले दलीय राजनीतिमुक्त शिक्षा र स्वास्थ्य क्षेत्र चाहेको बताइन् । ‘पार्टीको झोला बोक्यो उसलाई विभागीय प्रमुख बनाउने र लाखौँ विद्यार्थीलाई बाहिर जाऊ भन्ने, मुखमा रामराम बगलीमा छुरा ! यस्तो संस्थाको विरोध गर्छौं,’ उनले भनिन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्