Nic Ad Nic Ad
Nic Ad Nic Ad

धरानमा १४२० किलो गाँजा बरामद

बिहीबार, भदौ ६, २०८१

काठमाडौँ- प्रहरीले सुनसरीको धरानबाट एक हजार ४२० किलो गाँजा बरामद गरेको छ ।

धनकुटाबाट धरानतर्फ आउँदै गरेको ट्रकमा लोड गरिएको एक हजार ४२० किलो गाँजा बरामद गरेको हो ।प्रहरीका अनुसार आज बिहान करिब ९ बजे मुला लोड भएको को१ख ४७३३ ट्रक गाँजा फेला परेको हो । बरामद भएको गाँजा ४४ बोरा छ ।

गाँजासहित प्रहरीले मोरङको सुन्दर हरैचा नगरपालिका-७ गछियाका ३४ वर्षीय राजकुमार दाहाल र धनकुटाको शहीदभूमी गाउँपालिका-७ का ४१ वर्षीय भूपेन्द्र राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले ज जानकारी दिएको छ ।

प्रहरीका अनुसार बरामद भएको गाँजा भारत पठाउनका लागि ल्याइएको हो । धनकुटाको छिन्ताङ आसपास व्यावसायिक गाँजाको खेती हुन्छ ।

धनकुटाबाट ल्याएर मोरङ सुनसरीको सीमावर्ती क्षेत्रमा स्टोर गरेर राख्ने र रातको समयमा भारततर्फ निकासी हुने गरेको प्रहरीले बताएको छ ।

गाँजा भारत पुर्‍याएपछि प्रतिकेजी २० हजार रुपैयाँभन्दा माथि पर्छ । गाँजा ओसारपसार गर्ने भरियाले प्रतिकिलो दुई हजार रुपैयाँ पाउने प्रहरीले बताएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्