Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेलाई सहकारी छानबिन विशेष समितिले सोधपुछमा बोलायो

बिहीबार, भदौ ६, २०८१

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले भोलि रास्वपा सभापति तथा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग बयान लिने भएको छ ।

सुर्यदर्शन, सानोपाइला लगायत सहकारीको बचत रकम लामिछाने र गोर्खा मिडियामा गएको सन्दर्भमा सोधपुछका लागि बोलाइएको हो ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा बयानका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताए । उनलाई समितिले भोलि दिउँसो २ बजे बयानका लागि बोलाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्