Nic Ad Nic Ad
Nic Ad Nic Ad

मैले छाड्दा नेतृत्व हस्तान्तरण भइहाल्छ जस्तो लाग्दैन : ‘प्रचण्ड’

बिहीबार, भदौ ६, २०८१

काठमाडौँ - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई अध्यक्ष भइरहने रहर नभएको दाबी गरेका छन् । तर, आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उनले बताए ।

बागमती प्रदेशस्तरीय प्रशिक्षणमा प्रचण्डले भने, ‘३६ वर्ष भइसक्यो । अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन । अध्यक्ष भन्दा प्रचण्ड भन्ने नै ठूलो छ मेरो लागि ।’

तर अहिले नै आफूले छोड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ जस्तो नलागेको उनले बताए । ‘त्यत्तिकै कोही नेता बन्दैन, लामो कालखण्ड गुजारेर नेतृत्व स्थापित हुने हो’ उनले भने, ‘अब केही तयारी गरेर नेतृत्व हस्तान्तरण गर्ने हो ।’

पार्टीका उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँदै छ भन्ने हल्लालाई आफूहरूले खारेज गरिसकेको उनले बताए । ‘उहाँको प्रयास पार्टी निर्माणको लागि हो, विभाजनको लागि होइन भन्नेमा विश्वास छ’ बैठकमा ‘प्रचण्ड’ले भनेका छन् ।

स्थायी समिति बैठकमा शर्माले राखेको मतलाई समेटेर दस्ताबेज बनाउने समेत उनले जानकारी दिए । ‘जनार्दनले राखेको मत फरक मत होइन एउटा मत मात्रै हो’ माओवादी अध्यक्ष प्रचण्डले भनेका छन्, ‘सबै मत समेटेर दस्ताबेज बनाउँदै छु ।’


 

प्रतिक्रिया दिनुहोस्