थाइल्यान्डमा ९ जना यात्रु सवार जहाज दुर्घटनाग्रस्त
काठमाडौं- थाइल्यान्डमा बिहीबार दिउँसो एउटा यात्रुवाहक जहाज दुर्घटनामा परेको छ । यो जहाज थाइल्यान्डको बाङ पाकोङ जिल्लास्थित चाचेङसाओको मानग्रोभ जंगलमा दुर्घटनाग्रस्त भएको हो ।
थाइल्यान्डको नागरिक उड्ययन प्राधिकरणका अनुसार एफएल ३६० एरो कलसाइनको थाई फ्लाइङ सर्भिस सेस्ना क्याराभान सी२०८ (एचएस-एसकेआर) जहाज ९ जना यात्रुसहित उडेको थियो ।
सुवर्णभूमि विमानस्थलबाट दिउँसो २ बजेर ४६ मिनेटमा उडेको यो जहाज टार्ट प्रान्तस्थित को माई ची विमानस्थलमा अवतरण गर्ने तालिका थियो ।
यो जहाज दिउँसो ३ बजेसम्म सुवर्णभूमि विमानस्थलस्थित टावरको सम्पर्कमा थियो । त्यसपछि यो जहाज दिउँसो ३ बजेर १८ मिनेटमा दुर्घटनामा परेको हो ।
बेपत्ता भएपछि खोजीका क्रममा यो जहाज जंगलभित्र ध्वस्त भएको अवस्थामा भेटिएको हो । दुर्घटनामा भएको हताहतीबारे विस्तृत विवरण आइसकेको छैन ।
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१ १९:०६
प्रतिक्रिया दिनुहोस्