Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

शुक्रबार, भदौ ७, २०८१

काठमाडौँ - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। साउन २८ गतेबाट स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो । बैठक पार्टी कार्यालय सानेमामा बिहान ११ बजे बस्नेछ ।

गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि नेताहरूले बोल्ने क्रम जारी छ ।

महामन्त्री गगन थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेण्डाका अतिरिक्त परिमार्जनसहित पेश भएका महासमिति बैठकका प्रतिवेदन माथि पनि बैठकमा छलफल हुँदै आएको छ ।

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको सांगठनिक र अर्का महामन्त्री विश्व प्रकाश शर्माले राखेको समसामयिक प्रतिवेदन माथि छलफल केन्द्रित हुने एक नेताले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्