Nic Ad Nic Ad
Nic Ad Nic Ad

चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ आजबाट हलमा 

शुक्रबार, भदौ ७, २०८१

काठमाडौँ - आज दुई नेपाली चलचित्र रिलिज भएका छन् । ‘सतीदेवी’ र ‘नमेटिने घाउ’ प्रदर्शनमा आएका हुन् । ‘सतीदेवी’लाई लक्ष्मण सुवेदीले निर्देशन गरेका छन् भने ‘नमेटिने घाउ’लाई रमित ढुंगानाले निर्देशन गरेका छन् । 

‘नमेटिने घाउ’मा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूर्वप्रधानमन्त्री माधव नेपाल, सांसद ज्ञानेन्द्र शाही, नेता देवेन्द्र पौडेलले अभिनय गरेका छन् । प्रहरी उपरीक्षकद्वय बाल नर्सिहं राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मालगायतलाई चलचित्रमा देख्न सकिनेछ । 

एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ ।

‘सतीदेवी’को मुख्य भूमिकामा मलिका महत छिन् । समाजमा छोरीमात्र जन्मिनुलाई हेयभावले हेरिने गरेको नेपाली समाजको मनोविज्ञानको कथा यो चलचित्रले पेस गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  ०९:१४
प्रतिक्रिया दिनुहोस्